राजवल्लभलाई जन्मदिनको शुभकामना
अभिनेता राजवल्लभ कोइराला जन्मदिन मनाइरहेका छन् । उनी लामो समयदेखि अमेरिकामा छन् । अमेरिकामा नै उनले जन्मदिन मनाइरहेका छन् । नेपाली फिल्म पर्खी बसेबाट रजतपटमा प्रवेश गरेका राजवल्लभले केही बर्ष नेपाली फिल्ममा राम्रै काम गरे । हाइवे टू धम्पुस नामक एक अंग्रेजी फिल्ममा काम गरेपछि भने उनी अमेरिकातिर हानिएका थिए ।
यसपछि राजवल्लभको जिवन अमेरिकामा नै व्यतित भैरहेको छ । अमेरिकामा नै बिहे गरेका राजको एक छोरी छिन् । छोरीको आगमनले जन्मदिन अझ विशेष भएको उनको भनाई छ । राजवल्लभ अमेरिकामा रहेपनि उनले नेपाली फिल्म र नेपाली दर्शकलाई भने विर्सिएका छैनन् । नेपाली फिल्मका चलकेटी अभिनेतालाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना ।









