अभिनेत्री बेनिशा हमाल फिल्म मेकिङ पढ्दा पढ्दै नेपाल आइन् । भारतमा कोरोना संक्रमित बढेपछि नेपाल आएकी वेनिशा अहिले यतै छिन् ।उनले लकडाउनको समयमा पेन्टिङ गरिन् । लामो समयदेखि उनले यो काम गरेकी थिइनन् । उनले, सिनेमा झ्यानाकुटी २ मा काम गर्ने चर्चा पनि छ । तर, बेनिशाले यो सिनेमा साइन गरिसकेकी भने छैनन् ।

बेनिशा अध्ययनमा पनि निकै ध्यान दिन्छिन् । विभिन्न पुस्तक पढ्ने उनको रुची छ । घरमा रहेको सानो गार्डेनमा रहेर पुस्तक पढ्दै गरेकी वेनिशा अहिले सानो बगैचाको सदुपयोग गर्न आवश्यक रहेको बताउँछिन् ।
नेपाली फिल्ममा बेनिशाको उपस्थिती बलियो बन्न सकिरहेको छैन । मुम्बइबाट फिल्म मेकिङ पढेर फर्किएपछि बेनिशाको उपस्थिती कसरी अघि बढ्ला भन्ने चासो सर्वत्र छ ।

For More videos Log on to Mazzako TV