विद्यालयमा फिल्मको पढाई हुने
चलचित्र विकास बोर्डले अब सिनेमाको पढाई विद्यालयबाट सुरु गर्ने तयारी गरेको छ । नेपाली सिनेमाको विकास, विस्तार, इतिहास, प्रविधी, सिनेमा साहित्य र संकृतीको बिषयमा पाठ्यक्रममा समावेश गरिने बोर्डले जनाएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालका अनुसार, यस बिषयमा पाठ्यक्रम विकास केन्द्रसँग कुरा भैरहेको छ ।
उनले केही चरणमा छलफल भएको र यो बर्ष कोभिडका कारण पाठ्यपुस्तक समावेश गर्न नसकेपनि अर्को बर्षदेखि पाठ्यक्रममा सिनेमा समावेश हुने बताए । यसका लागि आफूले अझै केही चरणको छलफल अगाडि बढाउने उनले बताए ।
उनका अनुसार, निजी विद्यालयका प्रतिनिधीसँग पनि सिनेमाको बिषयमा पढाउने कुरा भैरहेको छ । नेपाली फिल्मको बिषयमा विद्यालयस्तरबाट पढाई गर्न सके यसप्रतिको चासो अझै बढ्ने थियो ।









