कुलमानलाई करिश्माको समर्थन
सामाजिक संजालमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल फेरि थप गर्न दबाब सुरु भएको छ । कुलमानको कार्यकाल भदौ २९ गते सकिदैछ । तर, जनताले भने कुलमान नै विद्युत प्राधिकरणमा चाहिने माग गर्न थालेका छन् ।
यो मागमा कलाकारहरुले पनि साथ दिएका छन् । अभिनेत्री करिश्मा मानन्धरले त कुलमान घिसिङ नै विद्युत प्राधिकरणमा चाहिने भन्दै उनीसँगको तस्वीर पोष्ट गरेकी छिन् । अभिनेत्री करिश्मा मानन्धरले थोरै आफ्नो बारेमा सोचेर धेरै अरुको बारेमा सोच्ने मानिस निकै कम हुन्छन् । फेरि कुलमान घिसिङ नै चाहिन्छ भनेर उल्लेख गरेकी छिन् ।
करिश्माको यो कुरामा समर्थन गर्दै आम मानिसहरुले फेरि प्राधिकरणमा कुलमान नै चाहिने माग गरेका छन् । करिश्मासँग अन्य कलाकारले पनि विद्युत प्राधिकरणमा कुलमान नै चाहिने जोडदार माग गरिरहेका छन् ।
For More videos Log on to Mazzako TV








