वर्षा राउतको कठोर व्रत
अभिनेत्री वर्षा राउत बिहेपछि दोश्रो पटक तीजको ब्रत बसिरहेकी छिन् । रातो सारीमा सजिएकी वर्षा निषेधाज्ञाका कारण माइतीघर भने जान पाइनन् । उनै, वर्षा आफ्नै घरमा व्रत बसेकी छिन् । उनी र अभिनेता संजोग कोइरालाले तीजको अवसरमा सबैलाई शुभकामना दिएका छन् । वर्षा बिहेपछि पानी पनि नखाई व्रत बस्ने गरेकी छिन् ।
उनले यो बर्ष पानी पनि नखाने र बेलुकी पूजा गरेपछि मात्र पानी खाने बताइन् । बेलुकी पानी र जुस खाएर भोली बिहान मात्र अन्न खाने वर्षाको भनाई छ । पती संजोग कोइरालाका लागि वर्षाको कठोर ब्रत बस्न थालेको यो दोश्रो पटक हो । यसअघि उनले ब्रत त बसेकी थिइन्, तर यति कठोर भने थिएन ।
For More videos Log on to Mazzako TV








