मिल्यो प्रकाश र पूजाको विवाद
अभिनेत्री पूजा शर्मा र संचारकर्मी प्रकाश सुवेदीविचको विवाद मिलेको छ । चलचित्र कलाकार संघ र चलचित्र निर्माता संघका अध्यक्षको रोहबरमा पूजा र प्रकाशले विवाद सुल्झाउने निर्णय गरेका हुन् ।
प्रकाशले संचालन गर्दै आएको रजतपट कार्यक्रममा दारा भएकी अभिनेत्री भनेपछि पूजाले आपत्ती जनाएकी थिइन् । प्रकाशले कार्यक्रमबाट माफी मागेपनि पूजाले चित्त नवुझेको भन्दै विभिन्न संस्थामा उजुरी दिएकी थिइन् ।
दुइपक्षविच विगतमा भएको असहमती, उजुरीलाई अन्त्य गर्ने सहमती भएको छ । साथै, पेशागत मर्यादामा रहेर प्रचलित कानुनी बमोजीम आचारसंहिताको परिपालना गर्न तर्फ सजग रही भविष्यमा आपसी सद्भाव विग्रन नदिने प्रवृत्तीमा दुबैपक्ष संवेदनशील हुने पनि उल्लेख छ ।
For More videos Log on to Mazzako TV








