पल र प्रदिपमाथि दर्शकको आँखा
अभिनेता पल शाह र प्रदिप खड्का मिल्ने साथी हुन् । उनीहरुले एक अर्काको प्रोजेक्टमा साथ र सहयोग पनि गर्दै आएका छन् । उनै, पल र प्रदिपलाई सिनेमाको पर्दामा हेर्न चाहने उनीहरुका दर्शकको चाहना अब पुरा हुँदैछ । पल र प्रदिपले सिनेमा हुतुतुमा काम गर्दैछन् ।
यो फिल्मलाई सन्तोष सेन र छेतन गुरुङले निर्देशन गर्दैछन् । प्रेमगीत ३ सिनेमा रिलिज नहुँदै यो सिनेमा निर्माण गर्न लागिएको हो । पल र प्रदिप अहिलेका स्टार हुन् । यही भएर पनि पल र प्रदिपमाथि दर्शकको आँखा परेको छ । यो विग प्रोजेक्ट हो । किनकी, हरिवंश आचार्य, पल शाह, प्रदिप खड्का जस्ता कलाकार यो फिल्ममा छन् ।
नेपाली फिल्मको यी दुई कलाकार एकसाथ पर्दामा आउँदा दर्शकमा उत्साह त पक्कै छ । यो भन्दा ठूलो कुरा पल र प्रदिपलाई स्टार क्रेज अनुसारको सिनेमा दिनुपर्ने पनि छ ।
For More videos Log on to Mazzako TV








