राजेश हमालपछि फिल्म क्षेत्रले खोजेको स्टार
अभिनेता राजेश हमाल र उनलाई फिल्मी संघ चलचित्र प्राविधिक संघले दिएको महानायक उपाधिमा ठूलो बहस भयो । बहस यसरी भयो कि, कतिले उनलाई महानायक होइनन् भने, धेरैले यसमा बहस गर्न आवश्यक छैन भने । तर, राजेश हमाल महानायक हुन् या होइनन् भनेर बहस गर्दै गर्दा, नेपाली फिल्म क्षेत्रले उनीपछि आएका हिरोहरुमा नपाएको विशेषता हेर्न पर्छ, जुन उनमा छ ।
अभिनेता राजेश हमालपछि आएका हिरोहरुले केही बर्ष त राज गरे तर उनको जस्तो दर्शकको मनमा सम्मानको भावना किन बनाउन सकेनन् ? केही बर्ष चले, हल्लाखल्ला गरे तर राजेश हमाल जस्तो सबै क्षेत्रमा व्यक्तित्व बनाउन किन सकेनन् । राजेश हमाल पछि नेपाली फिल्ममा किन स्टारडमको भ्याकुम देखियो त ? यो बारेमा बहस गर्न आवश्यक छ । हमालपछि आएका हिरोहरु स्टार भए, सुपरस्टार भए तर उनीहरुलाई दर्शकले लामो समयसम्म किन स्विकार गर्न सकेन ।
किन आजपनि हरेक बौद्धिक क्षेत्रमा नेपाली फिल्मका अभिनेता राजेश हमालको नै खोजी किन हुन्छ ? यो बिषयमा बहस गर्ने कि नगर्ने ? हमालपछि नेपाली फिल्ममा स्टारडमको भ्याकुम देखियो । यसैले उनीपछि नेपाली फिल्मले कलाकार त पायो, तर उनी जस्तो स्टार पाएन ।
For More videos Log on to Mazzako TV








