खै कहाँ छन् कलाकार ?
नेपाली फिल्मका कलाकार कहाँ छन् । खोज्ने हो भने जताततै छन् । फेसबुक, टिकटक, युटुब, म्यूजिक भिडियो, इन्स्टाग्राम, केही ट्विटरमा पनि छन् । कहाँ छैनन् फिल्मका कलाकार । तर, दर्शकसँग नेपाली फिल्मका कलाकार कहाँ छन् । कतै छैनन् । खोज्दा पनि पाइदैन । कोरोना संक्रमणपछिको अवस्थामा त नेपाली फिल्मका कलाकार खोजेर पनि पाइदैन । कहाँ पाइन्छ खोज्न ।
दर्शक भोकभोकै हिडिरहँदा नेपाली फिल्मका कलाकारले युटुबमा खाना बनाउन सिकाए । दर्शकले घर जाने गाडी नपाउँदा नेपाली फिल्मका कलाकारले सामाजिक संजालमा रेष्टुरेन्टका परिकारमा रमाएको देखाए । यतिमात्र त ठिकै थियो, देश नै सिंगो रुपमा संक्रमण भएको अवस्थामा नेपाली फिल्मका कलाकारले आफ्नै बेइज्जती गरेर दुनियाँ हसाँए । अनी, कलाकार खोज्न कहाँ जाने ? खै कहाँ छन् नेपाली फिल्मका कलाकार । खोजेर सबैतिर पाइन्छ । तर, दर्शकका लागि कही पाइदैन ।










