नेपाली फिल्म क्षेत्र झनै थलिने अवस्थामा पुगेको छ । भदौको अन्तिमबाट हल खुल्छ कि भनेर सोचेका हल संचालकहरु सबैभन्दा बढी थलिएका छन् । कोरोनाको संक्रमण झनै बढेपछि हल खुल्ने संभावना त झनै टरेको छ । भदौको अन्तिममा हल खोलेर दशैंमा सिनेमाको माहोल बनाउने योजना हल संचालकहरुको थियो ।

तर, अब यो पुरा नहुने देखिएको छ । यसले फिल्म क्षेत्र झनै थलिएको छ । लामो समयदेखि कामविहिन हुँदा प्राविधिकहरु चपेटामा परेका छन् । कोरोनाका कारण फेरि म्यूजिक भिडियोको छायांकनको काम पनि रोकिन थालेको छ । यसले भिडियोबाट भएपनि थोरै राहत भएका कलाकार र प्राविधिकलाई समस्या पर्न सक्छ ।

फिल्म हल र सुटिङको काम कहिलेबाट सुरु हुन्छ पक्का छैन । संभवत, यो बर्षको दशै र तिहार सिनेमाको रिलिजविना नै टर्ने देखिएको छ ।

For More videos Log on to Mazzako TV