अभिनेत्री पूजा शर्मा फिल्म बनाइरहेकी छिन् । उनले, एकपछि अर्को फिल्म बनाउँदा कतिपयले त उनले अरु ब्यानरको फिल्म नै नपाएको पनि टिप्पणी गर्छन् । कतिपयले आफै लगानी गरेर पनि के फिल्म बनाउनु भन्छन् । पूजा भने आफ्नै लगानीमा फिल्म बनाउँदै खेल्दै अगाडि बढिरहेकी छिन् ।

पूजाले पैसा लगानी गरेर फिल्म बनाउने अनी खेल्ने भन्नेहरुलाई चुनौती दिएकी छिन् । उनले, पहिले फिल्म बनाएर देखाउन चुनौती दिइन् । पूजाले फिल्म बनाएपछि आफूले गाडी पनि बेचेको बताइन् । कहिलेकाही फिल्म बनाउँदै जाँदा पैसा नपुग्ने र गाडी पनि बेच्नुपर्ने दिन आएको पूजाको भनाई छ ।

अभिनेत्री पूजा शर्माले आफू फिल्म क्षेत्रमा पैसा कमाउन नआएको बताइन् । पैसा लगानी गरेर फिल्म बनाउने, राम्रो फिल्म दर्शकलाई दिने आफ्नो सोच भएको पूजाको कथन छ ।

For More videos Log on to Mazzako TV