अभिनेता आर्यन सिग्देललाइ हिट फिल्म चाहिएको छ । नचाहियोस् पनि कसरी । उनले अभिनय गरेका सिनेमा केही बर्षदेखि चलेका छैनन् । गतबर्ष अभिनय गरेका २ सिनेमा हजार जुनी सम्म र च च हुई पनि चलेनन् । दुबै सिनेमा नचलेपछि आर्यन गम्भिर देखिए ।

आर्यनले अब विशाल सापकोटाको फिल्ममा काम गर्दैछन् । यो फिल्मलाई लिएर उनी जुन तरिकाले गम्भिर छन्, यसले पक्कै पनि उनी करिअरप्रति पनि गम्भिर भएको वुझिन्छ । केही हप्तादेखि नै आर्यन विशालको साथमा पोखराको शान्त ठाउँमा छन् ।

स्क्रिप्टमा ध्यान दिएर पढिरहेका छन् । आर्यनको यो पढाइले पनि वुझिन्छ कि, उनी नयाँ सिनेमालाई लिएर कती गम्भिर छन् । आर्यन र विशालले सानो बजेटमा राम्रो सिनेमा बनाउने बताउँदै आएका छन् ।

For More videos Log on to Mazzako TV