प्रकाशको माफीमा पूजाको असन्तुष्टी
अभिनेत्री पूजा शर्माले संचारकर्मी प्रकाश सुवेदीले माफी मागेपछि पनि असन्तुष्टी जनाएकी छिन् । पूजाले, प्रकाशको माफी माग्ने शैलीप्रति आपत्ती जनाएकी हुन् । उनले, प्रकाशले बोल्ने क्रममा धेरै कुरा गलत बोलेको भन्दै यसलाई चिप्लिएको भन्न नमिल्ने पनि बताइन् । उनले, अन्तरवार्तामा नआएको रिस लामो शब्दमा आक्रोशपूर्ण रुपमा व्यक्त गरेको भन्दै घर परिवारमा बोल्ने कुरा राष्ट्रिय टेलिभिजनमा बोल्न नमिल्ने बताइन् ।
पूजाले यस्तो गम्भिर बिषयलाई कार्यक्रम प्रस्तोताले दम्भ र घमन्डका साथ टेलिभिजनमा प्रस्तुत गरेको भन्दै यो सम्पूर्ण कलाकारको अपमान भएको बताइन् । उनले, यस्ता कुराहरु फेरि पनि दोहोरिने भन्दै विभिन्न निकायमा न्याय माग्न नछाड्ने पनि बताएकी छिन् । अभिनेत्री पूजा शर्माले आइतबार कलाकार संघ, चलचित्र पत्रकार संघ, एपी वान टेलिभिजनमा उजुरी दिइसकेकी छिन् ।
For More videos Log on to Mazzako TV








