सन्तोषको नयाँ फिल्ममा प्रदीप र पल
निर्माता सन्तोष सेनले निरन्तर नयाँ फिल्म निर्माण गर्ने भएका छन् । सोमबमर आफ्नो सामाजिक संजालमा उक्त कुराको जानकारी दिएका हुन् । ‘हुतुतु’ नाम दिएको नयाँ प्रोजेक्ट कमेडी फिल्म रहने छ । छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा फिल्मको निर्देशन गर्नेछन् । अर्को वर्षबाट छायांकन सुरु गरिने सेनले बताए ।

फिल्ममा हरिवंश आचार्य, माओत्से गुरुङ, राजाराम पौडेल, प्रदीप खड्का, पल शाह, गौरव पहारी, सलोन बस्नेत, नाजिर हुसेनको प्रमुख भूमिका रहनेछ । उनीहरु सबैसँग निर्माण टिमको कागजी सम्झौता भइसकेको छ ।

ठूलो लागतमा निर्माण हुने फिल्मको कथा सन्तोष सेनको हो भने त्यसलाई पटकथामा ढाल्ने काम छेतन गुरुङ र अभिमन्यू निरवीले गरिरहेका छन् ।
अब अभिनेत्रीको चाँडै छनौट गर्नेछौं निर्माता सेनले बताए । कोरोनाको महामारीपछि फिल्म फ्लोरमा जानेछ । अब प्रदीप र पललाई एउटै फिल्ममा हुने भएका छन् ।








