हेमराज वीसीको निर्देशनमा बन्न लागेको एक सिनेमामा अभिनेता प्रदिप खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले संझौता गरेको लामै समय भैसकेको छ । यो फिल्म बन्ने भनेको पनि लामै समय भयो । तर, अहिलेसम्म सिनेमाको बारेमा नयाँ अपडेट केही पनि आएको छैन ।

निर्देशक हेमराज वीसी भने कोरोनाका कारण सिनेमाको काम अड्किएको भन्दै अब अगाडि बढ्ने बताउँछन् । यो विचमा साम्राज्ञीले नयाँ फिल्म साइन गरिसकेकी छिन् भने प्रदिप पनि प्रेमगीत ४ को तयारीमा लागेका छन् । कलाकार सबै काम गर्न तयार भएकाले पहिले आफ्नो फिल्म बन्ने दाबी हेमराजको छ । तर, के अब यो फिल्म बन्ला त ? फिल्मीकर्मी र कलाकार नै विश्वस्त छैनन् ।

For More videos Log on to Mazzako TV