अभिनेत्री पूजा शर्माले चलचित्र कलाकार संघ लगायत विभिन्न संस्थामा उजुरी दिएकी छिन् । संचारकर्मी प्रकाश सुवेदीले आफ्नो टेलिभिजन कार्यक्रममा दारा भएका हिरोइनलाई मिलाई मिलाई महानायिका बनाइदिनुपर्ने बताएपछि पूजाले उजुरी दिएकी हुन् । उनले, आफूमाथि सुवेदीले कार्यक्रमको मार्फत बारम्बार ह्यारेसमेन्ट गरेको र यसपटक भने आफूले सहन नसकेका कारण कानुनी कारवाही खोजेको बताइन् ।

संचारकर्मी सुवेदीले भने अहिलेसम्म यो बिषयमा केही पनि बोलेका छैनन् । उनले, आफूले आफ्नो कार्यक्रम रजतपटमार्फत नै यी बिषयहरु बोल्ने बताएका छन् । अभिनेत्री सुवेदीले यो बिषय आफ्नो मात्र नभएर सिंगो सिनेमा क्षेत्र र अभिनेत्रीहरुमाथि गरिएको ह्यारेसमेन्टको रुपमा वुझेको बताएकी छिन् ।

उनले, आफू यसभन्दा अगाडि पनि ट्रोलको शिकार भएर गल्ती आफ्नै हो भनेर विस्तारै बाहिर आउँदै गर्दा बारम्बार अन्तरवार्ता नदिएकै भरमा ह्यारेसमेन्ट गरिएको बताइन् ।

For More videos Log on to Mazzako TV