फिल्म आँपको अचार (म्याङ्गो पिकल) को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । आउँदो शुक्रबार बाट डिजिटल माध्यमबाट रिलिज हुने फिल्मको ट्रलर निकै मज्जाको बनेको छ । फिल्म अगष्टको १४ बाट नेट टिभी मा आउँदै छ । सस्पेन्स तथा थ्रिलर जनरामा निर्माण भएको फिल्मलाई अमेरिकी नागरिक इयन स्कट क्लेमेन्टले निर्देशन गरेका हुन् ।

माओबादी द्धन्द्धले बनाएको भद्रगोल अबस्थामा पिरोलिएका युवाहरुको कथालाई फिल्मले बोल्ने छ । फिल्ममा सरित गिरी, बिसन श्रेष्ठ, अशोक रिजाल, योग राज पाण्डे, सुशील राज पाण्डे, राज शर्मा पंगेनी, युगल शाही, सोनु शाही, तारा श्रेष्ठ मनिष शाही लगायतको अभिनय छ । हेर्नुहोस् ट्रेलर

कथा तथा पटकथा निर्देशक इयन स्कट क्लेमेन्टकलाई स्क्रिप्टमा सुप्रिम राईले सहयोग गरेका हुन् । आँपको अचारका निर्माता सुरज मैनाली हुन् । कोलिन रिजको सिनेमाटोग्राफी रहेको फिल्मलाई निर्देशक इयन स्कट सम्पादन गरेका हुन् । गौरभ बस्नेत फिल्मका क्रिएटिभ कन्सल्टेन्टका रुपमा रहेका छन् ।

For More videos Log on to Mazzako TV