अनमोलको कोरोना परिक्षण (भिडियो)
अभिनेता अनमोल केसीको पीसीआर टेष्ट गरिएको छ । कोरोनाको आशंकामा उनको पीसीआर टेष्ट गरिएको हो । यमाहा कम्पनीको कार्यलयमा कार्यरत ६ जना कर्मचारीमा कोरोना पुष्टी भएको थियो । अनमोल र अभिनेत्री उपासना सिंह ठकुरीले केही दिन अघि यमाहाको लागि फोटोसुट गरेका थिए ।

सो फोटोसुटमा यमाहाकी एक जना महिला कर्मचारी पनि उपस्थित थिइन्, जसलाई कोरोना पुष्टी भएको थियो । यसपछि, अनमोलले कोरोना परिक्षण गरेका हुन् । अनमोलको कोरोना रिपोर्ट आइसकेको छैन । अभिनेत्री उपासना सिंह ठकुरीले पनि कोरोना परिक्षण गरेकी छिन् । अभिनेता केसी अहिले घरमै आइसोलेसनमा छन् । उनले घरमा सामाजिक दुरी कायम गरेर बसेको बताए ।








