नेपाली फिल्मका २ आशा गरिएका अभिनेत्रीहरु अब एउटै फिल्ममा देखिने भएका छन् । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र आना शर्माले नयाँ फिल्ममा काम गर्नेगरि संझौता गरेका छन् । यो सिनेमाको मुख्य हिरो अभिनेता मनिष राउत हुन् । सिनेमाका लागि अझै एक जना अभिनेता र एक अभिनेत्रीको खोजी गरिएको निर्देशक प्रवेश पौडेलले जानकारी दिएका छन् ।

यो सिनेमालाई यूवाहरुको मनोविज्ञानको कथामा निर्माण गरिनेछ । सिनेमाको छायांकन कोरोना महामारीपछि अवस्था सामान्य भएपछि गरिनेछ । सबड्स पिक्चर्स र सौर्य इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मलाई ‘डक्टर डेनिम’को प्रस्तुतीमा छत्रजंग पाण्डे र अनुप पौडेलले बनाउन लागेका हुन् । करन साउद यसका सह–निर्माता हुन् ।

For More videos Log on to Mazzako TV