नेपाली फिल्ममा अभिनेता जीवन लुइटेलको कुनै समय खुबै क्रेज थियो । नाई नभन्नु ल मा काम गरेपछि स्टार भएका जीवन यसपछि एकाएक चम्किए । जीवनको सिनेमाले व्यापार पनि राम्रो गरे । प्रेमकथामा बनेका सिनेमामा उनलाई लिएर काम गर्ने निर्माताको लामो लाइन लाग्यो ।

तर, सिनेमाको कथा भन्ने शैली फेरिएपछि जीवन सिनेमा क्षेत्रबाट हराउँदै गए । अहिले उनी अमेरिकामा छन् । जीवन अमेरिकामा ३ बर्षदेखि भएपनि बल्ल सामाजिक संजालमा चलायमान हुन थालेका छन् । सिनेमा क्षेत्रका गतिविधीमा चासो राख्ने जीवन आफ्ना पुराना सिनेमाका भिडियोहरु पनि शेयर गरिरहेका छन् ।

जीवन सिनेमा क्षेत्रमा फर्किने बताउँछन् । हुनत, विदेश गएका कलाकारले फर्किन्छु भनेर भनेको यो पहिलो पटक भने होइन । तर, नेपाल आउँदा राम्रो सिनेमाको अफर आएको खण्डमा गर्ने सोच उनको छ । तर, दर्शकले पो उनलाई पहिलेको जसरी पत्याउने हुन् या होइनन् ?

For More videos Log on to Mazzako TV