आर्यन सिग्देलको पखाई
अभिनेता आर्यन सिग्देल आज आफ्नो जन्मदिन मनाउँदैछन् । आर्यन पोखरमा छन् । पोखरामा आफ्ना साथीसँग उनी जन्मदिन मनाइरहेका छन् । ३६ बर्षमा प्रवेश गरेका यी चकलेटी हिरो हिट फिल्मको प्रतिक्षामा छन् । कुनै समय नेपाली फिल्ममा एकलौटी राज गरेका यी अभिनेताको पहिलेको जस्तो क्रेज त अहिले छैन ।
तर, पनि आर्यनले फिल्म खेल्ने काम भने रोकेका छैनन् । गतबर्ष उनी अभिनित हजार जुनी सम्म र च च हुई रिलिज भएका थिए । यी दुबै फिल्मले व्यापार राम्रो गरेनन् । यसैले पनि आर्यनलाई हिट सिनेमाको प्रतिक्षा छ ।
जसलेगर्दा, फेरि आर्यन यूग सुरु गर्न सकियोस् भन्ने सोच उनको छ । अभिनेता आर्यन सिग्देल विशाल सापकोटाको नयाँ सिनेमामा काम गर्ने तयारीमा छन् ।
For More videos Log on to Mazzako TV








