चिसो मान्छे घाममा नखिचिने
निर्देशक दीपेन्द्र के खनालले नयाँ सिनेमा चिसो मान्छे घाममा नखिच्ने भएका छन् । दिपेन्द्रले सिनेमामा दृश्यभाषालाई बढी जोड दिएका छन् । यही भएर पनि उनी अहिले सिनेमाको नाम र पात्रको परिस्थिती अनुसार लोकेशनमा ध्यान दिइरहेका छन् । निर्देशक खनालले सिनेमा चिसो मान्छेलाई घाममा खिच्दा यसको मर्म हराउने बताएका छन् ।
दीपेन्द्र सिनेमाको नाम नै चिसो मान्छे भएकाले यसमा उज्यालो टोन दिन नसकिने पनि बताएका हुन् । शर्मिला पाण्डेले निर्माण गर्ने यो सिनेमाको छायांकन सरकारले अनुमती दिएपछि सुरु हुनेछ । यसअघि दीपेन्द्रले सिनेमा आमालाई पनि पानीमा बढी खिचेका थिए ।









