दिनेश राउतले यसकारण गरेनन् प्रसाद २
निर्देशक दिनेश राउतले प्रसाद २ को निर्देशन नगर्ने भएपछि विभिन्न खालका चर्चा चले । प्रसाद जस्तो सिनेमाको क्याप्टेनलाई यसको सिक्वेलमा काम गर्न किन मन नलागेको होला ? निर्देशक राउतका अनुसार, उनी यो सिनेमाको सिक्वेल वा प्रिक्वेल बनोस् भन्ने नै चाहदैनन् । प्रसाद आफैमा एउटा पूर्ण सिनेमा भएकाले यसको वंश अगाडि बढाउन आवश्यक नभएको उनको तर्क छ ।
तर, लेखक सुशिल पौडेलले सिनेमाको कथालाई अगाडि वा पछाडिबाट जोड्न सक्ने भन्दै उनले निर्माताले पनि व्यापारका लागि दोश्रो पाटो बनाउन लागेको हुनसक्ने बताएका छन् । दिनेशले सिनेमा प्रसादको कथा आफैमा पूर्ण भएको र दर्शकले त्यसलाई मन पराएको पनि बताएका छन् । प्रसादले विभिन्न अवार्ड समारोहमा अवार्ड समेत प्राप्त गरेको थियो । सिनेमा प्रसाद २ लाई सौरभ चौधरीले निर्देशन गर्दैछन् ।
For More videos Log on to Mazzako TV








