मानिसको आँखा याद गर्ने आँचल
अभिनेत्री आँचल शर्मा लकडाउन खुलेसँगै म्यूजिक भिडियोमा व्यस्त हुन थालेकी छिन् । उनले, एकपछि अर्को म्यूजिक भिडियोमा काम गर्दै आफू फेरि काममा फर्किएको सन्देश पनि दिएकी छिन् । उनै, आँचलले सामाजिक संजालमा कहिलेकाही फ्यानसँग कुराकानी पनि गर्छिन् ।
उनलाई अधिकांश फ्यानले बिहेपछि झनै क्यूट भएको प्रतिक्रिया दिएका छन् । एकजना फ्यानले उनलाई तपाई मानिसको सबैभन्दा पहिले के कुरा याद गर्नुहुन्छ भनेर सोधेका थिए । जसमा आँचलले आफूले मानिसको आँखा याद गर्ने र आँखाले सबै कुरा बोल्ने जवाफ दिएकी छिन् ।
आँचलले उदिपलाई आफ्नो बारेमा कुनै पनि कुरा नलुकाएको पनि बताएकी छिन् । कुरा लुकाउँदा समस्या आउने उनको तर्क छ । आँचल र उदिपले गतबर्षको फागुणमा बिहे गरेका थिए ।









