अभिनेत्री वेनिशा हमालले शनिबार आफ्नो जन्मदिन मनाउँदा विताएका पलहरुलाई सामाजिक संजालमा शेयर गरेकी छिन् । वेनिशाको जन्मदिनमा अभिनेत्री वर्षा राउत, स्वस्तिमा खड्का लगायतका कलाकार उपस्थित थिए ।

वेनिशाको जन्मदिन उनका साथीहरुले सेलिव्रेशन गरिदिएका हुन् । वेनिशा आफैले भने ५ बर्षदेखि जन्मदिन नमनाएको बताउछिन् । वेनिशा जन्मदिनमा विन्दास देखिएकी छिन् । सामाजिक संजालमा उनले शेयर गरेको तस्वीरमा उनी स्विम सुटमा देखिएकी छिन् ।

वेनिशाको साथमा अभिनेत्री वर्षा राउत र स्वस्तिमा खड्का लगायतले केक काटेका थिए । वेनिशा अहिले मुम्बइमा रहेर फिल्म मेकिङ पढिरहेकी छिन् । लकडाउन अघि उनी नेपाल आएकी हुन् ।

For More videos Log on to Mazzako TV