साम्राज्ञीविरुद्ध भूवनको मुद्दा
अभिनेता तथा निर्देशक भूवन केसीले अभिनेत्री साम्राज्ञी शाह विरुद्ध अदालतमा मुद्दा दायर गरेका छन् । भूवनले जिल्ला अदालत काठमाण्डौमा १० करोड क्षतीपूर्तीको माग गर्दै मुद्दा दायर गरेका हुन् । अभिनेत्री शाहले आफ्नो मानहानी गरेको, इज्जतमा दाग लगाउने काम गरेको लगायतका आरोप लगाउँदै भूवनले मुद्दा दायर गरेका छन् ।
सामाजिक संजालबाट सुरु भएको भूवन र साम्राज्ञीको विवाद अब अदालतसम्म पुगेको छ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले भने अदालतसम्म बिषयलाई लैजाने काम आफूले नगरेको प्रतिक्रिया दिएकी छिन् ।
साम्राज्ञीले नाम नलिई सिनेमा क्षेत्रका ३ ब्यानरबाट आफूले दुख पाएको प्रतिक्रिया दिएसँगै सुरु भएको भूवन र साम्राज्ञीको सामाजिक संजालको वाकयुद्ध अदालतमा पुगेको छ । अब, अदालतले कसको पक्षमा फैसला गर्ने हो, हेर्न बाँकी छ ।









