अभिनेत्री उपासना सिंह ठकुरीले अभिनेता अनमोल केसीसँग हालै मात्र एक बाइकको विज्ञापनमा काम गरिन् । यो विज्ञापनमा काम गरेकी उपासनाको ब्रान्ड बजारमा पनि राम्रै क्रेज देखिन थालेको छ । योसँगै उपासनाले आफूलाई पनि विशेष ध्यान दिन थालेकी छिन् ।

फिट देखिएकी उपासनाले सामाजिक संजालमा शेयर गरेका तस्वीरमा पनि यो कुराको झल्को आउँछ । हालैमात्र उपासनाले केही तस्वीर शेयर गरेकी छिन्, जहाँ उनी आकर्षक देखिएकी छिन् । फिल्म कबड्डी ३ को रिलिजपछि उपासनाले कुनै पनि सिनेमा साइन गरेकी छैनन् ।

तर, दर्शकले भने उनलाई प्रतिक्षा गरिरहेका छन् । भदौसम्म आफ्नो पढाइका कारण सिनेमा साइन नगर्ने बताएकी उपासना अब भने सिनेमाको पर्दामा आउन आवश्यक छ । दर्शकले प्रतिक्षा गरिरहेको समयमा उपासनाले नयाँ मन छुने सिनेमा साइन गरेर काम सुरु गरिन् भने, सिनेमा क्षेत्रमा स्टार अभिनेत्रीको दौडमा देखिएकी उनलाई फाइदा मिल्नेछ ।

For More videos Log on to Mazzako TV