निर्देशक दीपेन्द्र के खनालका अनुसार, दर्शकमा हलमै गएर चलचित्र हेर्ने कल्चर लक डाउनपछि झनै बढ्नेछ । लक डाउनको समयमा घरमै विभिन्न प्लेटफर्ममा फिल्म हेरेका दर्शकलाई हलको न्यास्रो लाग्न थालेको छ । यसैले पनि उनीहरुले हल खुलेपछि सिनेमा हेर्न हलमै जाने दीपेन्द्रको भनाई छ ।

दीपेन्द्र अहिले एउटा सामाजिक कथावस्तुमा निर्माण हुने सिनेमाको कथा लेखिरहेकी छिन् । यो सिनेमामा शर्मिला पाण्डेको लगानी रहनेछ । दीपेन्द्रका अनुसार, यो फिल्मको छायांकन कोरोना महामारीको अन्त्य भएपछि अर्थात केही महिनापछि हुनेछ । दीपेन्द्र राम्रो फिल्म बनाउने चुनौती भने नेपाली फिल्मीकर्मीसँग भएको बताउँछन् ।

दर्शकले विश्वभरका सिनेमा हेरिरहेकाले पनि अब राम्रो फिल्म बनाएर दिने चुनौती मेकरसँग भएको उनको भनाई छ । उनले बनाएको आमा गतबर्ष सुपरहिट भएको थियो ।

For More videos Log on to Mazzako TV