राजेश हमालका भाई राकेश हमालको निधन

महानायक राजेश हमालका भाई राकेश हमालको निधन भएको छ । राकेशको बुधबार दिउसो उपचारको क्रममा भारतको नयाँ दिल्लीमा निधन भएको बताइएको छ ।
अभिनेता हमालका भाई राकेशको भारतको दिल्लीको ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनको कलेजोमा समस्या आएको कारण पछिल्लो केही समययता उपचार भईरहेको थियो ।
रोकशका एक श्रीमती र दुई सन्तान रहेका छन् । राजेश हमालका एक मात्र भाई राकेश समाजसेवी पनि हुन् । राजेश र राकेश वीच झण्डै डेढ वर्षको मात्रै फरक रहेको छ । उनको पार्थिव शरीर नेपाल ल्याउने प्रयत्न भईरहेको पारिवारिक श्रोतले जनाएको छ ।
For More videos Log on to Mazzako TV








