हिन्दी फिल्मविना नेपाली फिल्म क्षेत्र चलायमान हुँदैन : पूजा
अभिनेत्री पूजा शर्माले कोरोनापछि चलचित्र क्षेत्रलाई कसरी चलायमान बनाउने भन्ने बिषयमा बहस गर्न आवश्यक रहेको बताएकी छिन् । अभिनेत्री पूजाले यो बिषयमा न त सरकार न त नेपाली फिल्मका सरोकारवाला निकाय नै गम्भिर देखिएको भन्दै अब सुरक्षित हुँदै सिनेमा क्षेत्रलाई चलायमान बनाउन आग्रह गरेकी छिन् ।
उनले, भारतीय सिनेमा रिलिज नभएसम्म नेपाली फिल्म क्षेत्र पनि नखुल्ने हो र भनेर सरकारलाई गम्भिर प्रश्न पनि सोझाएकी छिन् । नेपाली फिल्मले नै यो क्षेत्र चलायमान हुन सक्दैन र भन्दै पूजाले यो बिषयमा गम्भिर हुन सबैसँग अपिल गरेकी छिन् । सरकारले अधिकांश क्षेत्र खोलिसक्दा पनि सिनेमा क्षेत्रलाई खोल्ने बिषयमा कुनै निर्णय लिएको छैन ।
सरकारले छायांकन कसरी सुरु गर्ने भन्ने बिषयमा कुनै मापदण्ड पनि बनाएको छैन । अभिनेत्री पूजा जस्तै अन्य सिनेकर्मीले पनि यो क्षेत्रलाई चलायमान बनाउन दबाब सिर्जना गर्न आवश्यक छ ।









