फिल्म क्षेत्र कहिलेदेखि खुल्ने हो ?
नेपाल सरकारले लक डाउनलाई लुज डाउनमा परिणत गर्दै लगेको छ । एकपछि अर्को निर्णय गर्दै गएतापनि सिनेमा क्षेत्रको बिषयमा भने सरकारले कुनै निर्णय लिएको छैन । सरकारले राष्ट्रिय तथा अन्तरराष्ट्रिय हवाई उडान पनि भदौ १ गतेबाट खोल्ने निर्णय गरिसकेको छ । होटलहरु साउनको १५ गतेबाट खुल्दैछन् । तर, सरकारले सिनेमा क्षेत्रलाई भने पुरै वेवास्ता गरेको छ । अहिलेसम्म सरकारले सिनेमा क्षेत्रलाई कहिलेबाट खोल्ने भन्ने कुनै निर्णय नै लिएको छैन ।
चलचित्र संघका निवर्तमान अध्यक्ष प्रदिप कुमार उदयले सिनेमा क्षेत्र अरु क्षेत्र जस्तो निर्णय गर्ने वित्तिकै खोल्न नमिल्ने भन्दै निर्णय गर्न सरकारसँग आग्रह गरेका छन् । सरकारले अब शैक्षिक संस्था र सिनेमा क्षेत्रको बिषयमा मात्र निर्णय लिन बाँकी छ ।









