फिल्म प्रसाद २ को निर्माण हुने भएको छ । यो सिनेमालाई अहिले प्रसादका लेखक सुशिल पौडेलले लेखिरहेका छन् । प्रसाद सिनेमालाई दिनेश राउतले निर्देशन गरेका थिए । तर, सिनेमा प्रसाद २ लाई भने सौरभ चौधरीले निर्देशन गर्ने भएका छन् ।

Amazon.com: Prasad: Bipin Karki, Namrata Shrestha, Nischal Basnet ...

सिनेमा प्रसाद २ प्रसादको प्रिक्वेलको रुपमा निर्माण हुने लेखक सुशिल पौडेलले जानकारी दिए । यो सिनेमाको छायांकन लक डाउन खुलेपछि गर्ने तयारी यसको निर्माणपक्षको छ । प्रसाद सिनेमामा निर्देशक परिवर्तन हुनुको कारण, निर्देशक राउतको व्यस्तता हो ।

सौरभले सिनेमा लभ डायरीज निर्देशन गरेका थिए । सिनेमाका लागि कलाकारहरु विपिन कार्की, नम्रता श्रेष्ठसँग कुरा भैरहेको वुझिएको छ । तर, कलाकारले स्क्रिप्ट पुरा हेरिसकेपछि मात्र निर्णय लिनेछन् ।

For More videos Log on to Mazzako TV