अमेरिकामा रहँदै आएका अभिनेता सुधांशु जोशी र अभिनेत्री उषा पौडेल अलग भएका छन् । उनीहरुले करिब ३ बर्ष अघि बिहे गरेका थिए । ३ बर्ष अघि अमेरिकामा नै बिहे गरेर रमाइरहेका उनीहरु विगत ६ महिनादेखि भने अलग छन् । अहिले उषा सुधांशुलाई छाडेर बाल्टिमोरमा बस्दै आएकी छिन् । सुधांशु भने भर्जिनियामा बस्दै आएका छन् ।

उषा र सुधांशले बिहे दर्ता भने गरेका थिएनन् । तर, उनीहरुले ३ बर्ष अघि परिवार, आफन्त र साथीभाइको उपस्थितीमा बिहे गरेका थिए । बिहे दर्ता नगरेका कारण उनीहरुविच यो बिषयमा झगडा भैरहेको थियो । तर, ६ महिनायता उषाले सुधांशुलाई छाडेर एक जना गायिकासँग बाल्टिमोरमा बस्न थालेकी हुन् । सुधांशुले उषासँग दोश्रो बिहे गरेका थिए ।

नेपाली फिल्म, भारतीय सिरियल खेल्दै उषा अमेरिका पुगेकी थिइन् । अमेरिकामा केही समय प्रेममा रहेपछि उनीहरुले बिहे गरेका थिए ।

For More videos Log on to Mazzako TV