नेपाली फिल्म बलिउड प्रभावित छ । बलिउडबाट फिल्म हेर्यो अनी सारिदियो । फ्रेम वाई फ्रेम सारेर सिनेमा बनायो, रिलिज गर्यो । नेपाली दर्शकले भारतीय फिल्म हेर्न सजिलै नपाउँदा गरिने आइडिया हो यो । युटुब आएपछि भने बलिउड फिल्मबाट चोरी कम भए । दर्शकले वुझ्दैनन् भनेर टर्कीका, कोरियाका फिल्मबाट चोरिए । चोर्न त चोरिए नै ।

अहिले एउटा भारतीय सिनेमाको कथा नेपाली फिल्म जात्राबाट प्रभावित भएको देखिएको छ । लुटकेस नामक सिनेमाको कथा नेपाली फिल्म जात्राको कथासँग मिल्छ । यो सिनेमा नै मिल्छ या प्रभावित हो या के हो अहिले नै भन्न सकिदैन । तर, प्रदिप भट्टराइले निर्देशन गरेको सिनेमाको कथा मिलेको धेरेको अड्कल छ । लुटकेस सिनेमाको कथा जात्राबाट प्रभावित भएपछि निर्देशक भट्टराइले कहिले पनि अरुको नक्कल गर्न नपरोस्, आफ्नो नक्कल अरुले गरुन् भनेर लेखेका छन् ।

समय पालैपालो आउँछ । कहिले नेपाली फिल्म विदेशबाट चोरेर बनाउँदा निर्देशक खुशी हुन्थे । अहिले विदेशी फिल्मले आफ्नो कथा चोर्दा नेपाली निर्देशक खुशी छन् ।

For More videos Log on to Mazzako TV