अभिनेत्री सुरविना कार्की अहिले दौडधुप गरिरहेकी छिन् । के माया लाग्छ र भन्ने गीत हिट भएपछि उनको दौडधुप बढेको हो । यो गीतको मोडल भएकाकारण पनि सुरविना दौडधुपमा व्यस्त छिन् । दैनिक इन्टरभ्यू तथा फोटोसुटले उनलाई व्यस्त बनाएको छ । नेपाली फिल्ममा खासै चम्कन नसकेपछि भारततीर लागेकी सुरविना उतै मोडलिङ गरिरहेकी थिइन् ।

तर, कोभिडका कारण भारतमा पनि सबै काम ठप्प भएपछि उनी नेपाल आइन् । यो विचमा उनले अभिनय गरेको गीत चम्कियो । यसपछि, सुरविनालाई पनि विस्तारै दर्शकले चिन्न थाले । उनी पनि सिनेमा क्षेत्रमा नै भविष्य बनाउने दौडमा छिन् ।

म्यूजिक भिडियोबाट पनि अफर आइरहेको बताउने सुरविना आफू राम्रो काम छानेर गर्ने बताउँछिन् ।

For More videos Log on to Mazzako TV