के फिल्म क्षेत्रबाट कलाकार पलायन हुने अवस्था आउँदैछ ?
चलचित्र संघका निवर्तमान अध्यक्ष प्रदिपकुमार उदयले सिनेमा क्षेत्रको बिषयमा गम्भिर भएर नसोच्ने हो भने पलायन हुने अवस्था आउने भनेर चेतावनी दिए । कोभिडपछि उत्पन्न बिषय परिस्थितीका कारण पनि यतिबेला कलाकारहरु कामविहिन भएका छन् ।
केही कलाकार त म्यूजिक भिडियोमा व्यस्त छन् । तर, कलाकारलाई म्यूजिक भिडियोको कामले मात्र पुग्दैन । उसो भए, सिनेमा कहिले बन्ला त ? सिनेमा बन्ने कुनै सुरसार छैन । यसैले कलाकारहरु अब विस्तारै अरु क्षेत्र रोज्नुपर्ने अवस्थामा पुग्दैछन् । कलाकारहरु मात्र होइन, प्राविधिक तथा अन्य फिल्मीकर्मीलाई पनि समस्या छ ।
उसो हो भने के गर्ने त ? अब, सबै जनाले के गर्ने र कसरी सहज अवस्थामा सिनेमा क्षेत्रमा काम गरेर अगाडि बढाउने वातावरण ल्याउने भन्ने बिषयमा सोच्नुपर्ने अवस्था छ । होइन भने पलायनको विकल्प छैन ।









