पलका लागि राजेश हमाल भगवान
अभिनेता पल शाह नेपाली सिनेमा क्षेत्रका अहिलेका ब्यस्त नायक हुन् । पल धमाधम, भ्याएसम्म र सकेसम्म भिडियो गरिरहेका छन् । बिशेष अफरमा, डिस्काउन्ट दिदँै भिडियोमा काम गरिहेका छन् उनी । भर्खरै उनले पछिल्लो समय निकै बादविाद चर्किईरहेको बिषय महानायकको बिषयमा पनि आफ्ना कुरा रोखका छन् । सिने नगरीमा राजेश हमाललाई महानायक मान्ने कि नमान्ने भन्ने बिषयमा बाद विवाद चलिईरहेको बेला पल शाहले भने आफ्नो लागि महानायक राजेश हमाल नै हो भनेर बताएका छन् ।
मेरो लागि महानायक राजेश हमाल नै हो र वहाँ फिल्म क्षेत्रको भगवान पनि हो । पल शाह भन्छन् दर्शकहरुले पनि यो कुरालाई स्वीकार्नु भएको जस्तो लाग्छ । राजेश हमालको क्रेज र फ्यान फलोईङ्गबाट आफु पनि कायल रहेको भनेर पल बताउछन् । सानै देखि आफुले जानेको चिनेको नायक भनेको राजेश हमाल नै रहेको भनेर पनि पल भन्छन् ।
राजेश हमालको फिल्म लागेको छ भनेपछि सारा गाँउ नै उर्लिएर सिनेमा हेर्न हलमा गएको, फिलम हेर्न जादाँ सिनेमाको टिकट नपाएको, टिकट लिन जादाँ धेरै चोटी हात पिल्सिएको अनुभव पनि पलले सुनाएका छन् ।
अहिलेको चलेको युवा नायकहरु म्हानायकको बिषयमा मौन नै देखिएपनि पलले भने आफुलाई लागेको कुरा खुलेरै बताएका छन् । नेपाली चलचित्रमा सानाले ठुलालाई सम्मान गर्ने र सिनियरले जुनियरलाई माया गर्ने परिपाटी भने निकै घट्दै गईरहेको पनि उनको ठम्याई छ ।
तर, यही टपिक महानायक को बरेमा सामाजिक सञ्जालहरुमा दिपाश्री निरौलाई गालीको बर्षा नरोकिएपछि राजेश हमालले, दिपाश्रीलाई माफ गर्दिन सम्पुर्ण दर्शकलाई अनुरोध गरेका छन् । धेरैले राजेश हमालको यो कदमलाई लिएर उनलाई बिशाल मन भएका नायक, साँच्चै महानायक, सुपरस्टार भनेर पनि भनेका छन् । अब आशा गरौं दिपाश्रीलाई लिएर सामाजिक सञ्जाल अलि सेलाउनेछ ।









