अभिनेत्री ऋचा शर्मा आजबाट ३३ बर्षमा प्रवेश गरेकी छिन् । नेपाली सिनेमा क्षेत्रमा अभिनय गर्ने सिपालु अभिनेत्रीको रुपमा ऋचा परिचित छिन् । ऋचाको जन्म वि.सं २०४४ साल साउन १ गते धनगढीमा भएको थियो । ऋचाले गतबर्ष मात्र प्रेमी दिपेक्ष राणासँग बिहे गरेकी थिइन् ।

बिहेपछि उनले आफ्नो जन्मदिन आफ्ना साथी र परिवारसँग मनाएकी छिन् । सिनेमा फस्ट लभबाट नेपाली सिनेमामा अभिनेत्रीको परिचय बनाएकी ऋचाले अभिनय गरेका हाइवे, लुट, लुट २, टलकजंग भर्सेस टुल्के लगायतका सिनेमा चर्चित छन् । ऋचाले अभिनय गरेको टलकजंग भर्सेस टुल्के, उमा लगायतका सिनेमामा उनको कामको पनि प्रशंसा भएको थियो ।

ऋचा शर्माले सिनेमा करिअरको दौरानमा बलियो पकड भने बनाउन सकेकी छैनन् । तर, ऋचाले अभिनयमा दिने विविधताको पनि सधै नै चर्चा हुने गरेको छ ।

For More videos Log on to Mazzako TV