निर्माता तथा कलाकार रोज राणाले सिनेमा खलनायक २ को छायांकन भदौबाट सुरु गर्ने बताएका छन् । नेपाली सिनेमाको छायांकन कोभिडका कारण अन्यौलमा परेकाले गर्दा पनि कहिलेबाट काम सुरु हुन्छ भन्न सकिने अवस्था छैन । तर, रोजले भने खलनायक २ को छायांकन भदौबाट सुरु गर्ने बताए ।

उनका अनुसार, सिनेमाका लागि २ अभिनेता र एक अभिनेत्री फाइनल भैसकेका छन् । अब, सिनेमाका लागि एक अभिनेता फाइनल गर्न बाँकी छ । सिनेमाको सम्पूर्ण तयारी पुरा भएको तर काम सुरु नहुँदा काम गर्ने फाइनल भएका कलाकार र प्राविधिकले समेत काम छाड्छौ भन्न थालेकाले काम सुरु गर्ने पक्षमा रोज पुगेका हुन् ।

गोविन्द सिंह भण्डारीले सिनेमा खलनायक २ को निर्देशन गर्दैछन् ।

For More videos Log on to Mazzako TV