निश्चलको पुरानो भिडियोमा अहिले बहस गर्नु सही होला ?
लक डाउनको समयमा नेपाली कलाकारले दिएका पुराना भिडियोहरु अहिले भाइरल भए । कलाकारले बोलेका कुराहरुलाई सानो क्लिप्स बनाएर सार्वजनिक गर्दा टिकटकमा कलाकारको आलोचना पनि खुबै भयो ।
अभिनेता राजेश हमालको महानायक बहस चर्किरहेको समयमा निर्देशक निश्चल बस्नेतले केही बर्ष अगाडि बोलेको एक बिषय अहिले चर्चामा छ । निश्चलले बोलेको बिषयमा अहिले सिने क्षेत्रका केही निर्माता निर्देशकले समेत बहस गरिरहेका छन् ।
यही कुरालाई लिएर केही सामाजिक संजाल प्रयोगकर्ताले निश्चलमाथि आक्रमण पनि गरिरहेका छन् । तर, निश्चलले तत्कालिन समयमा बोलेको बिषय र सन्दर्भलाई नै नवुझी अहिले उनको आलोचना गर्नु र यसको बहस गर्नु तर्क संगत होला त ? सामाजिक संजालमा पुराना भिडियो भाइरल हुँदा केही कलाकारको वाकयुद्ध पनि चर्किएको थियो ।









