पारिश्रमिक नदिने व्यक्तिको मनमा पाप रैछः पल शाह
अभिनेता पल शाहले केही दिन अगाडि आफूलाई निर्माताले सिनेमामा काम गरेको पारिश्रमिक नदिएको भन्दै प्रश्न उठाएका थिए । उनले, निर्माताले कलाकारसँग समझदारी गरेर काम गर्नुपर्ने भन्ने तर कलाकारको पारिश्रमिक भने नदिने गरेको बताएका थिए ।
उनै, पलले यो भनाई सार्वजनिक गरेपछि पनि ती निर्माताबाट कुनै पनि खालको सन्देश आफूलाई नआएको बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मानिसको मनमा पाप भएपछि केही पनि नलाग्ने रहेछ भन्दै आक्रोश पोखेका छन् । पलले त्यस्ता मानिसहरु घृणा गर्न पनि लायक नहुने बताएका छन् ।
पलले, आफूले सिनेमामा काम गर्दा पारिश्रमिक कम गरेर काम गर्ने पनि स्पष्ट पारेका छन् । पलले पारिश्रमिक नपाएको बिषय उठाएपनि कुन सिनेमाबाट पारिश्रमिक नपाएका हुन्, यो बिषयमा बोलेका छैनन् ।









