२ नम्बरी अघि नयाँ फिल्म बनाउँदै किरण
निर्माता किरण नेपालीले निर्माण गरिरहेको सिनेमा २ नम्बरीको छायांकन लक डाउनका कारण रोकिएको छ । यो सिनेमाको छायांकनका लागि अब निर्माणपक्षलाई फागुण कुर्नुपर्ने हुन्छ । किनकी, लक डाउन अगाडि खिचिएका दृश्यमा फागुणका दृश्य समावेश छन्, जुन अहिले पाइदैन ।
यसैले पनि दयाहाङ राई, पल शाह, वर्षा राउत लगायतका कलाकारले अभिनय गरेको सिनेमा २ नम्बरीको छायांकन फागुण अगाडि नहुने भएको छ । दीपेन्द्र लामा यो सिनेमाका निर्देशक हुन् । यो सिनेमाको छायांकन रोकिएपछि अब निर्माता किरण नेपालीले नयाँ सिनेमाको काम सुरु गरेका छन् ।
हाल स्क्रिप्टमा काम भैरहेको सिनेमालाई २ नम्बरी अगाडि नै खिच्ने तयारी उनको छ । विभिन्न कलाकारसँग कुरा भैरहेको र चाडै नै फाइनल गरेर सार्वजनिक गर्ने उनको तयारी छ ।










