चलचित्र विकास बोर्डले चलचित्र निर्माता संघलाई कोरोनाबाट प्रभावित सिनेमाको सूची बनाउन आग्रह गर्यो । कोरोनाबाट प्रभावित वास्तविक नेपाली सिनेमालाई राहत दिने हेतुले बोर्डले यस्तो आग्रह गरेको थियो । निर्माता संघले पनि आफ्ना सदस्यहरुलाई नाम दर्ता गराउन अपिल गर्यो ।

तर, निर्माताहरुले छायांकन नै सुरु नभएका, बन्दै नबनेका, बोर्डमा नाम मात्र दर्ता भएका सिनेमालाई कोरोना प्रभावित भनेर नाम दर्ता गराए ।
चलचित्र विकास बोर्डमा निर्माता संघले ६४ वटा सिनेमाको नाम वुझायो । यसले अहिले व्यापक आलोचना भोगिरहेको छ ।

६४ वटा सिनेमामा आधा भन्दा कम सिनेमा वास्तविक पीडित भएको फिल्मीकर्मीको भनाई छ । निर्माता संघका महासचिव रोज राणाले नै नामप्रति असन्तुष्टी जनाएका छन् ।

For More videos Log on to Mazzako TV