नायिका रेखा थापा फिल्ममा मोटी देखिन थालेपछि उनले फिटनेशनमा ध्यान दिइन् । नयाँ सिनेमामा दर्शकका लागि कथा मात्र राम्रो होइन, आफू पनि फिट देखिनका लागि उनी व्यस्त छिन् ।

लक डाउन अगाडि जीम गैरहेकी रेखा अहिले घरमै योगा गरिरहेकी छिन् । उनका फिटनेश ट्रेनर विजु पार्कीसँग उनी व्यायम गरिरहेकी छिन् । उनले सार्वजनिक गरेको तस्वीरमा रेखाको शरीरमा आड लिएर विजु हावामा ब्यालेन्स गरिरहेका छन् ।

रेखाले, ब्यालेन्स नै सबै कुराको कुञ्जी भएको लेखेकी छिन् । उनले, हामीले केही गर्दा, सोच्दा, बोल्दा र खाँदा वा फिल गर्दा पनि ब्यालेन्स आवश्यक रहेको लेखेकी छिन् । उनले स्वस्थ रहन सबैलाई अपिल पनि गरेकी छिन् ।

रेखा नयाँ सिनेमा छायांकनको तयारीमा छन् । अभिनेता सौगात मल्ल उनको सिनेमाका लागि फाइनल भैसकेका छन् ।

For More videos Log on to Mazzako TV