अभिनेता दीपकराज गिरीले आफ्नो बाटो कहिले पनि महानायकतर्फ नमोडिएको बताएका छन् । सामाजिक संजालमा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले राजेश हमाललाई महानायक हो र भनेर प्रश्न सोझाएपछि आलोचना भैरहेको छ ।

कतिपयले ब्यङ्ग्यात्मक शैलीमा कलाकार दीपकराज गिरी महानायक हुनुपर्ने भनेर दीपाको आलोचना गरेका छन् । दीपकले महानायकको विवादमा आफू पनि तानिएपछि लेखेका छन्–‘मेरो बाटो मेरो लक्ष कहिले पनि महानायकको घरतिर मोडिएन ।

मेरो गल्ती विना नै मलाई जबरजस्ती महानायक बनाउनेहरुलाई धन्यवाद ।’ दीपकले आफूलाई हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त जस्तो बन्न चाहेको पनि उल्लेख गरेका छन् । उनले, असत्य चिच्याई चिच्याई बोलेर भीड जम्मा गरिरहेको समयमा सत्य चुपचाप लागेर हिड्नुपर्ने पनि उल्लेख गरेका छन् ।

For More videos Log on to Mazzako TV