कोरोनाबाट प्रभावित फिल्म कती ?
कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारले जारी राखेको लक डाउनका कारण धेरै नेपाली फिल्म अन्यौलमा छन् । सिनेमाको छायांकन रोकिएको छ भने कतिपय सिनेमा प्रचार गरेर पनि रिलिज हुन पाएनन् । सिनेमालाई परेको यो असरबारे चलचित्र निर्माता संघले चलचित्र विकास बोर्डलाई जानकारी दिएको छ ।

चलचित्र विकास बोर्डलाई चलचित्र निर्माता संघले वुझाएको सूचीमा ६४ वटा सिनेमा लक डाउनका कारण प्रभावित बनेको देखाइएको छ । छायांकन भैरहेका सिनेमा, रिलिजको लागि तयार रहेका सिनेमा, रिलिज मिति तोकेर पनि रिलिज हुन नपाएका सिनेमा सबैभन्दा बढी प्रभावित हुन् । तर, केही निर्माताले छायांकन नै नभएका सिनेमा, विकास बोर्डमा नाम मात्र दर्ता गरेर राखेका सिनेमालाई पनि प्रभावित भनेर नाम उल्लेख गरेका छन् । यसमा भने निर्माताको लोभ देखिएको छ ।

‘म यस्तो गीत गाउँछु २, निरफूल, लक्का जवान, चपली हाइट ३, माइकल अधिकारी, प्रेमगीत ३, हिजो आजका कुरा, लप्पन छप्पन २, आकासे खेती, संझना विर्सना, जारी’ लगायतका सिनेमा सर्वाधिक प्रभावित छन् ।
For More videos Log on to Mazzako TV







