अभिनेता राजेश हमालले अभिनेत्री दीपाश्री निरौलालाई इतिहास वुझेर आउन सुझाव दिएका छन् । दीपाले राजेश हमाल महानायक हो र भन्ने प्रश्न उठाएपछि अभिनेता हमालले एक अन्र्तवार्तामा इतिहास विर्सन नहुने बताएका हुन् ।

अभिनेताले भने–‘यदि मैले आफूलाई सुपरस्टार हुँ भनेर घमण्ड गरेर थोरै फिल्ममा काम गरेको भए, अहिले मलाई प्रश्न गर्ने कलाकार नै गोली सिसाको भन्ने गीतमा हुनुहुन्नथ्यो होला ।’

अभिनेता हमालले कुनै पनि क्षेत्र बन्नका लागि हरेक मानिसको सानो सानो योगदान हुने बताए । उनले, मानिसको योगदानलाई विर्सिएर अगाडि बढ्न नसकिने पनि स्पष्ट पारेका छन् ।

For More videos Log on to Mazzako TV