अदितीका १० लाख फ्यान (भिडियो)
अभिनेत्री अदिती वुढाथोकीलाई सामाजिक संजाल इन्स्टाग्राममा पछ्याउनेको संख्या १० लाख पुगेको छ । उनी १० लाख फलोअर्स कमाउने नेपाली फिल्मकी दोश्री अभिनेत्री हुन् । यसअघि अभिनेत्री प्रियंका कार्कीलाई पछ्याउनेको संख्या पनि १० लाख पुगेको थियो ।

अदितीले १० लाख फलोअर्स कमाएपछि खुशी व्यक्त गरेकी छिन् । सामाजिक संजालमा अदिती फोटो बढी अपलोड गर्छिन् । उनले विकिनीदेखि सामान्य खालका तस्वीर अपलोड गर्दै आएकी छिन् । अदिती मुम्बइमा बसेर मोडलिङ गर्दै आइरहेकी छिन् ।

अदितीले अभिनय गरेको पहिलो सिनेमा कृ हो । उनी अब बेञ्जो नामक सिनेमामा काम गर्दैछिन् ।








