ठूला ब्यानरले फिल्म नबनाउने ?
यो बर्ष नेपाली सिनेमाका लागि दुर्भाग्यपूर्ण हुने निश्चित छ । किनकी, सिनेमाको व्यापार यो बर्ष कहिलेबाट सुरु हुन्छ पक्का छैन । दशैंमा सिनेमाको प्रदर्शन मिति तय गरेर बसेका निर्माता पनि अब पछि सरिसकेका छन् । केही निर्माताले सिनेमा बनाउने तयारी थालेपनि त्यती सिनेमा फिल्म क्षेत्रका लागि पर्याप्त छैन ।

यसको असर अर्को बर्ष पनि पर्नेछ । यसैले, सिनेमा क्षेत्रलाई बचाउनका लागि र दर्शकलाई हलसम्म तान्नका लागि ठूला निर्माताले सिनेमा बनाउन आवश्यक छ । निर्माता दीपकराज गिरी, रविन्द्र सिंह बाँनिया जस्ता निर्माताहरुले यो बर्ष सिनेमा नबनाउने बताइसकेका छन् ।

अहिलेसम्मको सेड्यूल हेर्दा सिनेमा प्रेमगीत ३ का निर्माताले यो बर्षको अन्तिम साता सिनेमा रिलिज गर्ने बताएका छन्, अरु सिनेमाको सेड्यूल तयार छैन । यसैले, सिनेमा क्षेत्रलाई चलायमान बनाउन ठूला ब्यानरले सिनेमा बनाउन अग्रसर हुने कि ?
For More videos Log on to Mazzako TV








