दशैमा पनि फिल्म रिलिज हुन गाह्रो छ
विगत ३ महिना लामो लक डाउनका कारण नेपाली सिनेमा क्षेत्र चौपट छ । सिनेमामा लगानी गरेर बसेका कतिपय निर्माता कहिले हलमा सिनेमा देखाउन पाइन्छ भन्ने प्रतिक्षामा छन् । लक डाउन बढ्दै गएपछि धेरै निर्मातालाई दशैमा सिनेमा रिलिज गर्न सकिन्छ कि भन्ने आशा थियो । तर, अब परिस्थिती हेर्दा दशैमा पनि सिनेमा रिलिजको अवस्था कमजोर बन्दै गएको छ ।
ए मेरो हजुर ४, परदेशी २ जस्ता सिनेमा दशैंमा फिल्म रिलिजको आशामा थिए । तर, असार लागिसक्दा पनि यी सिनेमाको छायांकन सुरु नभएकाले अब रिलिजका लागि दशै मुश्किल हुने देखिन्छ । प्रेमगीत ३ ले यो बर्षको चैत्रको अन्तिम सातालाई रिलिज मिति तोकिसकेको छ ।
दशैसम्म पनि दर्शक हलसम्म आउन सक्ने अवस्था विस्तारै कमजोर हुँदै गएकाले पनि यसपटकको दशैमा हल सिनेमा विहिन हुने देखिएको छ ।









